March 14, 2026, Saturday
२०८२ फाल्गुन ३०
1:37:26 pm

सर्लाहीमा एक महिलासहित ७ जना जुवाडे पक्राउ

3.8K

काठमाडौं । सर्लाहीको होटेलमा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागमती नगरपालिका ३ धरहरास्थित घिसिङ होटेलमा जुवा खेलिरहेका उनीहरूलाई आइतबार साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी विजय यादवले जानकारी दिए ।

पक्राउ पर्नेमा बागमती नगरपालिका ३ बस्ने ३० वर्षीया जमुना मोक्तान, ३५ वर्षीय सन्चर सिंह घिसिङ, ३२ वर्षीय प्रेमबहादुर बाइबा, हरिवन नगरपालिका ११ बस्ने ३४ वर्षीय मणीलाल बोम्जन, ४२ वर्षीय मनोज कुमार थिङ, ४५ वर्षीय जगत स्याङ्तान र ४१ वर्षीय पनोज कुमार थिङ छन् ।

Advertisement

उनीहरूको साथबाट २ लाख १४ हजार ९७० रुपैयाँ, १६ थान कौडा, एक बुक तास र ५ थान मोबाइल समेत बरामद गरेको डीएसपी यादवले जानकारी दिए ।

उनीहरुमाथी आवस्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।