March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

गुल्मीमा मलामी गएका वृद्ध खोलामा डुबेर बेपत्ता

2K

गुल्मी : गुल्मीमा मलामी गएका ब्यक्ति खोलामा डुबेर वेपत्ता भएका छन्। 

जिल्लाको मुसिकोट नगरपालिका–४ का अन्दाजी ६० वर्षीय  तुलबहादुर अधिकारी बढिगाड खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 
छिमेकीको मलामी गएका अधिकारी  उपल्लो भुवाचिदीस्थित वडा नम्वर ४ र ६  जोडने पुलको नजिकैको साँघुरो बाटोमा चिप्लिएर खोलामा खसेर बेपत्ता भएको स्थानीयहरुले जनाएका छन्।

निजको खोजी कार्यका लागि तिव्रता दिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालयबाट थप  प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

Advertisement