November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एनआरएनए अष्ट्रिया द्वारा नेपालका २ बृद्धाश्रमलाई सहयोग

5.3K


गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाले मानव कल्याण समाज भक्तपुरमा रहेका वेवारिसे, वृद्द वृद्दा तथा सुस्त मनस्थिति भएका मानिसहरूका लागी अत्यावश्यक वस्तुहरु सुत्ने डसना , सिरानी आदि र नगद गरी रू ६०,००० (साठी हजार) र सानो ठिमी (लोकन्थली) स्थित ॐ बृद्धाश्रममा रहेका वृद्द वृद्दाहरूका लागि नगद रू ३०,००० ( तिस हजार ) सहयोग प्रदान गरेको छ ।


गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाका आईसीसी सदस्य विकाश कार्की र सुप्रसिद्ध राष्ट्रिय खेलाडी तथा समाज सेवी मण्डे श्रेष्ठको समन्वय र रोहवरमा उक्त सहयोग बृद्धाश्रमहरुलाई प्रदान गरिएको हो।
सुस्त मनस्थितिका वृद्द वृद्दाहरुलाई दैनिक रुपमा आवश्यक पर्ने वस्तुहरुको अति नै खाँचो रहेको भन्ने सुचना प्राप्त हुनासाथ अनुगमन गर्न पुगेको र एनआरएनए अष्ट्रियाका अध्यक्ष भवानी तिवारीलाई यसबारे जानकारी गराउँदा कार्यसमितिमा छलफल गरि तुरन्त सहयोग गर्ने निर्णय गरिएको आईसीसी सदस्य विकाश कार्कीले बताए।

Advertisement