April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बागमती प्रदेशमा ट्याक्सीको भाडा बढ्यो, यस्तो छ नयाँ भाडादर (सूचीसहित)

3.4K

काठमाडौं । बागमती प्रदेशमा ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले वैशाख १ देखि लागू हुनेगरी भाडा बढाएको हो ।

मन्त्रालायका अनुसार मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको हो । काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ ।

नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ । डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ ।

Advertisement