मेयङ्लुङ । तेह्रथुम उद्योग वाणिज्य संघको अध्यक्षमा राजिव ढुङ्गाना चयन भएका छन् । संघको ११औँ अधिवेशनले ढुंगानाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
निर्वाचन समितिका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा तारावीर श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजन खत्री, द्वितीय उपाध्यक्षमा सन्तोष ढुंगाना, महासचिवमा रोशन श्रेष्ठ, सचिवमा धर्मसिंह खड्का र कोषाध्यक्षमा शरदमणि दाहाल चयन भएका छन् ।
त्यस्तै, सदस्यमा विनोद आचार्य, फिरोजभगत प्रधानाङ्ग, मीनप्रसाद लिम्बु, तारा कार्की गुरुङ, वीरेन्द्र कार्की, योगकुमारी अर्याल, खगेन्द्र भट्टराई, दुर्गा नारायण भण्डारी, केशवराम खनाल, सुशिलकुमार डंगोल चयन भएका छन् ।