November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

निर्माणाधीन नालीमा परि गैंडा मरेको घटनामा कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी

4.7K

नारायणघाट । सडक विस्तारका क्रममा निर्माणाधीन नालीमा परि गैंडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ। इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरिएको हो।
 
स्रोतका अनुसार चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धान अधिकृत तोकेर सो निर्माण कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो। सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई निकुञ्जले अनुसन्धान अधिकृत तोकेको छ।
 
गत आइतबार नालीको खोंचमा परेर गैंडा मरेलगत्तै वन तथा वातावरण मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहेका छन्।