April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

जाजरकाेटमा डाेजरले माेटरसाइकललाई ठक्कर दिँदा वडाध्यक्षसहित दुई जना घाइते

3.2K

रुकुम पश्चिम – जाजरकोटको नलगाड नगरपालिकामा आज मङ्गलवार डाेजरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । 

डाेजरले माेटरसाइकललाई ठक्कर दिँदा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ६ का वडाध्यक्ष डिलबहादुर सार्की र त्यही वडाका जसन्तु खत्री घाइते भएका हुन् । 

आठबीसकोट नगरपालिकाबाट काम सकेर फर्कने क्रममा जाजरकोटको नलगाड नगरपालिकाको रग्दामा डाेजरले उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको नेकपा माओवादी केन्द्र आठबीसकोटका नगर अध्यक्ष रवि केसीले जानकारी दिनुभयो । 

Advertisement

घाइतेमध्ये वडाध्यक्ष सार्कीको अवस्था गम्भीर भएपछि उपचारका लागि नेपालगञ्ज पठाईएको र खत्रीको अवस्था सामान्य रहेको नगर अध्यक्ष केसीले बताए ।  

वडाध्यक्ष सार्की नेकपा माओवादी केन्द्र आठबीसकोट नगर कमिटिका उपाध्यक्षसमेत हुनुहुन्छ भने खत्री त्यही पार्टीको वडा नम्बर ६ का अध्यक्ष छन् ।