April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

सरकारको विरूद्वमा नेविसंघको राँके विरोध जुलुस

5.3K

भोला थापा क्षेत्री ।भानु – तनहुँको भानु नगरपालिका बाईसजगरमा नेपाल विद्यार्थी संघले राँके विरोध जुलुस निकालेको छ । नेविसंघले वर्तमान सरकारको विरूद्वमा राँके जुलुस सहितको र्याली निकालेको हो ।

नेविसंघ भानु नगरपालिकाका सभापति सुजन थपलियाको नेतृत्वमा रहेको उक्त र्यालिमा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री आनन्द राज त्रिपाठीको समेत सहभागिता रहेको थियो ।

र्यालीमा वर्तमान सरकारले गरेको दमन, हस्तक्षेप र दादागिरी प्रतिको असन्तुष्टि जनाउँदै सरकारका विरूद्व चर्का नाराहरू लगाएका थिए । र्यालीमा सम्बोधन गर्दै नेविसंघ भानु नगरपालिकाका सभापति थपलियाले गत दिन विवादमा आएको बुल्दी पुल उद्घाटनमा काङ्ग्रेस नेता रामचन्द्र पौडेल माथि वर्तमान सरकारले गरेको अभद्र क्रियाकलापप्रति घोर भर्त्सना गरेका थिए ।

Advertisement

उनले नेकपा तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णा कुमार श्रेष्ठ (किसानले) आफ्नै पार्टीकालाई मात्र विकाश गर्ने आफ्ना क्षेत्रमा शंकर भण्डारीको हो भनी कुनै बजेट आज सम्म नल्याएको र युवाहरूलाई विभिन्न प्रलोभनमा पारी विभिन्न भ्रम छर्दै पार्टी प्रवेश गराउने र काङ्ग्रेसको बेईज्जत गराउने क्रियाकलाप गरेको भन्दै भानुका केही पत्रकारहरूले किसानले गरेको कार्यको झुटा प्रचारप्रसारप्रति पनि घोर आपति रहेको बताए ।

र्यालिमा थपलियाले आगामी २९ गते सरकार विरूद्व भ्रष्टाचारको देशैभरि प्रदर्शन गर्ने भएकाले सबैलाई सहभागी भएर विरोध र्यालि सफल पार्न समेत अनुरोध गरेका थिए ।