जनकपुर । राष्ट्रिय एकता अभियानको अगुवाईमा जनकपुरमा आतंकवादविरुद्ध बिहीबार मोटरसाईकल र्याली प्रदर्शन गरिएको छ । भारतको मुम्बईमा भएको आतंकवादी हमलाको स्मरण गर्दै स्थानीय युवाहरुले आतंकबादविरुद्ध मोटरसाईकल र्याली प्रदर्शन गरिएको जनाइएको छ ।
जनकपुरस्थित रेल्बे स्टेशनबाट निकालिएको मोटरसाईकल र्याली भानु चोक, शिव चोक, जनक चोक हुँदै जानकी मन्दिरमा गएर टुँगिएको थियो ।
प्रदर्शन गर्ने क्रममा युवाहरुले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै ‘धार्मिक अतिवादको अन्त्य गर’ जस्ता विभिन्न नारा लेखिएको प्लेकार्ड टाँसेका थिए ।