काठमाडौं । सर्वोच्च अदालतले गरेको फैसला अनुसार बिगो तिरे पनि नेपाल बैंक लिमिटेडले आफ्नो सम्पत्ति फिर्ता नगरेको एक व्यावसायीले बताएका छन् । भन्दै व्यवसायी मोहन साहनीले ध्यानाकर्षण गराएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले अदालतको आदेश अनुसार आफूले बिगो तिरेको तर बैंकले सम्पत्ति फिर्ता नगरेको बताएका हुन् ।
‘सर्वोच्च अदालतको फैसला बमोजिमको भुक्तानी भई सकेकाले धितो फिर्ता पाउन अनुरोध गर्दछु ।’, साहनीले भने । बैंकमा धितो राखिएको करोडौँको सम्पत्तिको बिगो तिरिसकेकोले फिर्ता पाउनुपर्ने उनले माग राखे ।
साहनीले २०७८ साल असोज १५ गते २६ करोड रुपैयाँ बिगो बैंकमा तिरेको बताए । सर्वोच्च अदालतले गरेको फैसला अनुसार १९ करोड बिगो सहित जम्मा २६ लाख तिरे पनि बैंकले आजसम्म ९९ रोपनी जग्गा फिर्ता नगरेको उनको भनाइ थियो ।
उनले साहनी समूह अन्तर्गत उनले १९ करोड बिगो तिरेपछि बैंकले सम्पत्ति फिर्ता गर्नुपर्नेमा सम्पत्ति विक्री गरिसकेको खुलाए । तर, उनले कुनै हालतमा अदालतको आदेश अनुसार हुनुपर्ने बताए । आफूजस्तै बैंक पीडितको समूह धेरै रहेको भन्दै सम्पत्ति फिर्ता गर्न आलटाल गरे, समस्या समाधान नगरे सबै मिलेर बैंक घेराउ हाल्ने चेतावनी पनि दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको अनुसन्धानको टोलीले कमसल धितो ओभर भ्यालुएसन गराएर साहनी समूहको ९९ रोपनी जग्गालाई जिरो भ्यालु बनाएको समेत आरोप लगाए ।
२०५८ सालमा मुद्दा दर्ता भएको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्था तुरुन्त बिक्री गरेको आरोप लगाउँदै उनले बैंकले सम्पत्ति हिनामिना गरेको जिकिर गरे । अदालतमै मुद्दा हुँदै गर्दा बैंकले जग्गा बेच्न नपाउने उनको तर्क थियो । साहनीले नेपाल बैंक राष्ट्रको सम्पत्ति हो भन्दै त्यहाँको कर्मचारीहरूको दोष हो भन्दै कर्मचारीहरुलाई कारबाही गर्न माग गरे ।