April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्लास्टिकको पाेखरीमा डुबेर तीन बालिकाको निधन

2.7K

तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ६ सुदापमा पोखरीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ ।स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालिकाको ज्यान गएको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले जानकारी दिए ।

वडा नम्बर ६ की कोपिला लिम्बुका छोरीहरू ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बुकी आठ वर्षीया छोरी सुहानाको ज्यान गएको अध्यक्ष लिम्बुले जानकारी दिए ।

शनिबार दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव भेटिएका हुन ।घटनाको छानबिन भैरहेको प्रहरीले जनाएको छ ।

Advertisement