काठमाडौं । हाङ चेम्जोङको निर्देशनमा लिम्बू भाषाको पाःलाम साम्लो ‘माङ्गेन्ना चो?लुङ्’ सार्वजनिक भएको छ । निरन्ता नेम्बाङ र सुमन लिम्बुको आवाज रहेको उक्त पाःलाममा सागर केरुङको शब्द संकलन रहेको छ ।
काठमाडौको चुनिखेल रिसोर्ट आसपासमा छायाँकन गरिएको भिडियोमा भिम तुम्बाहाम्फे, रुबिना लिम्बू, निङ्वासा लिम्बू, निरन्ता नेम्बाङ, सुमन लिम्बू, पुष्पा दिवानी तिगेला, पुर्ण सेलिङ, तिर्सना नेम्बाङ, पर्शु थलङ र यासेली योङहाङ लगायतको अभिनय रहेको छ ।
भिडियोलाई बिबी लिम्बूको छायाँकन तथा सम्पादन, सञ्जु थलङको श्रृङगार र पर्शु थलङको ड्रोन रहेको छ ।
भिडियो सेवालुङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।