काठमाडौं । कुकुर तिहारको अवसरमा नेपाल प्रहरीको केनाइन महाशाखामा कुकुर पूजा गरिएको छ । कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा अब्बल बनाउने केनाइन महाशाखामा कुकुहरुले कला प्रदर्शनी पनि गरेका छन् ।
अपराध अनुसन्धानमा उत्कृष्ट ठहरिएको जम्बोलाई यस वर्षको ‘वर्ष कुकुर’ को रुपमा मेडल प्रदान गरिएको छ । नेपालगञ्जमा रहेको जम्बोले पाएको मेडल ह्याण्डलरमार्फत नेपालगञ्ज पठाइएको छ । जम्बो जर्मन सेफर्ड जातको कुकुर हो ।
यस वर्षको उत्कृष्ट वर्ष कुकुर ठहरिएको जम्बोले २०७७ मंसिर २७ मा कपिलवस्तुको शिवराज नगरपालिका स्थित चन्द्रौटामा हत्या गरिएकी ५९ वर्षको सुशीला खड्काको हत्याको अनुसन्धान सहयोग पु¥याएको थियो । त्यसैगरी रुकुम पश्चिम र सल्यानमा भएको हत्याका घटना पत्ता लगाउन पनि जम्मोले उत्कृष्ट भूमिका खेलेको थियो
त्यसैगरी काठमाडौंमा केनाइन महाशाखाले गराएको प्रतिस्पर्धामा बेल्जियम सेफर्ड जातकी रियाले दोहोरो मेडल जितेकी छिन् । हाइजम्प र बाधापारमा रियाले दोहोरो मेडल हाँसिल गरेको डिएसपी सत्याले बताए । दौडतर्फ यसवर्षको उत्कृष्ट कुकुरचाहिँ कालु भएको छ । कालु ल्यावरोडर जातको कुकर हो ।
प्रहरीसँग नेपालभरी ८७ ओटा तालिमप्राप्त कुकुर छन् । काठमाडौंस्थित केनाइन महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४७ वटा कुकुर छन् । प्रहरीसँग ७ प्रजातिका कुकुर छन् । ती कुकुरहरुलाई अपराध अनुसन्धानमा प्रयोग गरिन्छ ।