काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।
बुधबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफा देखि आंशिक बदली सम्म रहनेछ । देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
बिहीबार देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । शुक्रबार देशको पहाडी भू–भागमा आंशिक बदली रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।