April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पहिचान पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक छनौट

5.4K

काठमाडौं । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष उत्कृष्ट पाँच वटा पुस्तकहरू छनोट गरेको छ ।

वि.स.२०७७ साउन देखि २०७८ साउन सम्म प्रकाशित भई कोषमा प्राप्त भएका पुस्तकहरूबाट छनौट गरिएको हो । जसमा श्याम शाहको ‘पथेर’, अनन्त वाग्लेको ‘कदम’, प्रकाश आङदेम्बेको ‘म एउटा विहान हिँडिरहेछु, बिना थिङको ‘याम्बुनेर’ र केदार संकेतको ‘अफगानी रणमैदान’ रहेका छन् ।

यसभन्दा अगाडी ४ वटा कृतिहरूले पहिचान पुरस्कार पाइसकेको छ । राजन मुकारुङको ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’ र यज्ञशको ‘भुइया’ र उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’ ले पहिचान पुरस्कार पाइसकेका छन् ।

Advertisement

पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ । यसपल्ट पहिचान पुरस्कारको घोषणा डिसेम्बर २०२१ मा हुने छ ।