April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

लिम्बु पहिचानः मौलिक याक्थुङ पहिचानको खोजी पुस्तक सार्वजनिक

5.8K

काठमाडौँ । ‘लिम्बु पहिचानः मौलिक याक्थुङ पहिचानको खोजी’ पुस्तक सार्वजनिक भएको छ । मुन्धुम एकेडेमीले प्रकाशन गरेको पुस्तकमा १५ जना लेखकका लिम्बु (याक्थुङ) जाति र समग्र किरातबारे विविध पक्षमा लेखहरू समेटिएका छन् । उक्त पुस्तक डीबी आङबुङ, टेक लावती र टंक सेलिङले सम्पादन गरेका हुन् ।

१२औं राष्ट्रिय जनगणनाको प्रश्नावलीमा समेटिएका जातीय पहिचानका विषयप्रति समुदायमा हुने गरेको अन्योललाई स्पष्ट पार्ने सामग्रीसहित पुस्तक प्रकाशनमा ल्याइएको जनाइएको छ ।

के छ पुस्तकमा ?
जनसंख्याविद् बालकृष्ण माबुहाङ्ले ‘राष्ट्रिय जनगणना र आदिवासी जनजाति याक्थुङ (लिम्बु)को पहिचान’, नन्द कन्दङ्वाले ‘जनगणनाको राजनीति, लिम्बु आदिवासीमा विवाद र समाधानको उपाय’ शीर्षक लेख र केदार धिमालले ‘आदिवासी धिमाल जातिको पहिचान र जनगणना’, अरुना लिम्बुले ‘लिम्बु जातिमा मातृसत्ता, लोक देवीदेवता र धर्म’, भगिराज इङनामले ‘ऐतिहासिक दस्तावेजमा याक्थुङ्, लिम्बु र किरात’, डा. चैतन्य सुब्बाले ‘याक्थुङ–लिम्बुहरूको युमा धर्म’, धमेन्द्र नेम्बाङले ‘बहुल रङ्गवादी दृष्टिकोणमा जाति, भाषा, धर्म र संस्कृति’, दिलेन्द्र कुरुम्बाङले ‘मौलिक पहिचानको बहस’, डा. कमल तिगेलाले ‘आदिवासी लिम्बुको जाति, भाषा, धर्म र किरात धर्म’ शीर्षक आलेख रहेका छन् ।

Advertisement

यसैगरी खगेन्द्र माखिमले ‘पुरानो राज्यसत्ताको निरन्तरता कि परिवर्तन’, कृष्णविक्रम नेम्बाङले ‘प्राचीन किरात को हुन् र कुन सभ्यताबाट फैलिएका थिए ?’, लछामी शेर्मा पापोले ‘किरात धर्मको आत्मसमीक्षा’, मधुराज केरुङले ‘सांस्कृतिक पुनर्जागरण अभियान र लिम्बु जातिको जागरण पथ’ विषयमा लेखेका छन् । यसैगरी टंक सेलिङको ‘मौलिक मुन्धुम र धर्ममा वैज्ञानिक अवधारणा’ र टेक लावतीको ‘लिम्बुवानमा विभिन्न धार्मिक पन्थहरूको उद्भव, द्वन्द्व र कारकतत्व’ शीर्षक लेख समेटिएका छन् ।