काठमाडौ । साहित्यकार पेशल मावुहाङ (दिलदुःखी जन्तरे)को रचना रहेको दुईगीत ‘माया रोगैले’ र ‘साप्सु मेलामा’ सार्वजनिक भएका छन् ।
जन्तरेका दुईगीतमध्ये प्रकाश तारा लिम्बूले ‘माया रोगैले’ गाएका छन् । जसलाई संगीत तिलक सारु मगर र संगीत संयोजन क्षितिज कुलुङले गरेका हुन् ।
माया रोगैले प्रकाश तारा लिम्बूकै च्यानलमार्फत सुन्न सकिन्छ ।
त्यसैगरी ‘साप्सु मेलामा’ गायक÷गायिका इन्दिरा नेम्बाङ र शिवकुमार सम्बाहाम्फेले गाएका छन् ।
इन्दिरा नेम्बाङको लय रहेको साप्सु मेलालाई मनोज साङ्सोन राईले एरेन्ज गरेका हुन् ।
गीतको भिडियो जस्केलो क्रिएसनले तयार पारेको छ भने इन्दिरा नेम्बाङको च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ ।