April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अब उपत्यकामा न्यूनतम ९९ रूपैयाँमा ट्याक्सी चढ्न पाइने

5.8K

काठमाडौ । उपत्यकामा मेट्रो अनलाइन ट्याक्सी सेवा सुरू भएको छ । कम्पनीले बुधबार (हिजो) देखि दुई सय ट्याक्सीमार्फत सेवा सुरू गरेको हो ।

कम्पनी स्रोतका अनुसार एपमार्फत मेट्रो अनलाइन ट्याक्सी सेवा लिन सकिने साथै अब सेवाग्राहीले न्यूनतम ९९ रूपैयाँमा ट्याक्सी चढ्न पाउँनेछन् । अधिकतम शुल्क भने तोकिएको छैन । तर एक किलोमिटर गुडेको ९९ रूपैयाँ र त्यसपछि थप प्रतिकिलोमिटर ३९ रूपैयाँ यात्रुले तिर्नुपर्नेछ ।

ट्याक्सीहरूले एपमा रजिस्टर गरेर सेवा लिन सक्छन् ।

Advertisement

दुई सय ट्याक्सीमार्फत सुरू गरिएको उक्त सेवा विस्तारका लागि ट्याक्सी थप गर्दै लगिने र भविष्यमा हजार बढी ट्याक्सीहरूमार्फत सेवा दिइने कम्पनीको योजना रहेको छ ।

चालकहरूका लागि निःशुल्क तेस्रो पक्ष बीमा व्यवस्था कम्पनीले मिलाएको छ । यात्रुहरूका लागि पाँच लाखसम्मको बीमा व्यवस्था गरिएको तामाङको भनाइ छ ।

उक्त सेवा काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लामा चौबीसै घन्टा सेवा दिइने कम्पनीले बताएको छ ।