काठमाडौ । राजेश पायल राई र सम्पदा राईको आवाज रहेको ‘दूई दिनको जीन्दगानी’ बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीतमा विरेन लिम्बूको शब्द, निश्चल प्रेम राईको संगीत र देवेश राईको संगीत संयोजन रहेको छ भने गीतको भिडियोेलाई हाङ चेम्जोङले निर्देशन गरेका छन् । त्यसैगरी इसाक जवेगुको छायाङ्कन तथा सम्पादन र धिरेन तुम्बापोको सहायक छायाङ्कन रहेको छ । भिडियोमा अनिश मगर र नितु मादेन लिम्बूले अभिनय गरेका छन् ।
कुशल थापाको रेकर्डिङ तथा साजन साहको मिक्सिङ मास्टरिङ रहेको भिडियोमा भेल्भेट र फामाहिम बुटिकको पहिरन तथा सन्जु थलङ र कुसाङ राईको मेकअप रहेको छ ।
पछिल्लो समय हाङ चेम्जोङ व्यस्त निर्देशक बन्न पुगेका छन् । लामो समय कोरियालाई कार्यस्थल बनाएका चेम्जोङ कोरियामै रहँदा पनि निर्देशनमा उत्तिकै व्यस्त थिए । उनले कोरियाबाट थुप्रै म्युजिक भिडियोहरू निर्देशन गरेका छन् ।
भिडियो इशाक जबेगु युटुयुब च्यानलमा हेर्न सकिन्छ ।