April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भारु ५० हजार जमानतमा राज कुन्द्रा रिहा

2.5K

एजेन्सी । पोर्नोग्राफी केसमा जेल गएका राज कुन्द्रा दुई महिनापछि ५० हजार भारु जमानतमा रिहा भएका छन् । २१ सेप्टेम्बरमा राज कुन्द्रा जमानतमा रिहा भएका हुन् ।

भारतीय व्यावसायी कुन्द्रा ६४ दिनपछि आफ्नो घर फिर्ता भएका छन् । उनलाई मुम्बईको अपराध शाखाले १० जुलाईमा पोर्नोग्राफी केसमा पक्राउ गरेको थियो ।

जेल बाहिर आएपछि उनलाई मिडियाले तत्काल घेरे । यतिबेला पत्रकारले राजलाई केही प्रश्न पनि सोधे तर उनले कुनै पनि प्रश्नको जवाफ दिएनन् । राज केही नबोलिकनै गाडीमा चढे ।

Advertisement