November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कित्ताकाट खोल्ने सरकारको निर्णय गैरकानुनी भएको सर्वोच्चको ठहर

2.7K

काठमाडौं- सर्वाेच्च अदालतले कित्ताकाट खोल्ने सरकारको निर्णय गैरकानुनी भएको ठहर गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश मनोज शर्माको इजलासले सरकारको निर्णय विरुद्ध दायर भएको रिट जारी हुने फैसला सुनाएको हो। 

सर्वाेच्चको यो फैसलापछि तत्काल कित्ताकाट नखुल्ने भएको छ। यो फैसलाको पूर्णपाठ भने बुधबार मात्र सार्वजनिक हुने भएको छ।

Advertisement

खेतीयोग्य जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता सन्तोष भण्डारीले २०७७ भदौ २८ गते रिट सर्वोच्चमा दायर गरेका थिए।  

२०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले कृषियोग्य जमिन प्लटिङ हुने क्रम बढेको र जग्गाको खण्डीकरण अत्यधिक भएको भन्दै एउटा कित्ता जग्गा एक आर्थिक वर्षमा एक पटक मात्र टुक्र्याउन पाइने निर्णय गरेको थियो।