November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भूकम्प पुनर्निर्माणको अनुदान लिने नयाँ डेटलाइन

4K

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण गर्ने लाभग्राहीहरूले मंसिर मसान्तसम्म अनुदान सम्झौता गर्नुपर्ने र पहिलो किस्ता पुस १५ गतेसम्म लिनुपर्ने सूचना जारी गरेको छ।

प्राधिकरणले पुर्ननिर्माण सक्नका लागि नयाँ डेटलाइन तोकेको हो। प्राधिकरणले पहिलो किस्ता लिएका सेवाग्राहीलाई दोस्रो किस्ता माघसम्म लिनुपर्ने भनेको छ। अन्तिम किस्ता लिन २०७७ वैशाखसम्म निवेदन दिनुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ।

२०७२ सालमा गएको महाभुकम्पपछि पुनर्निर्माण र सवलीकरणमा रहेका निजी आवासहरुलाई लक्षित गर्दै प्राधिकरणले नयाँ समयसीमा तोकेको हो। प्राधिकरणले पटक पटक समयसीमा तोक्दै आएको छ।

Advertisement