November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सुनको मूल्यमा सामान्य वृद्धि

2.9K

काठमाडौं-सुनको मूल्य बुधबार पनि ५ सय रुपैयाँले बढेको छ। बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको छ। मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य समेत बढेको छ। बुधबार एकै दिन चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो।

मंगलबार ११ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बुधबारका लागि ११ सय ८५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement