November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

मेलम्चीमा आएको बाढीले हेलम्बुमा रहेका सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको चौकी बगायो

7.1K

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीका अनुसार मेलम्ची नदीमा आएको बाढीले  त्यहाँको जनधनको क्षति भएको छ ।

उनका अनुसार हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बाढीले बगाएको छ । ‘हताहत भएको भन्ने छ, तर यही अवस्था छ भनेर बुझ्न पाइएको छैन,’ प्रजिअ अरूण पोखरेलले भने।

उनका अनुसार मेलम्ची नगरपालिकाका केही स्थानमा बाढी पसेको छ। साँझ ७ बजेपछि बाढी गाउँमा पसेको हो । ‘त्यहाँ बसोबास रहेको केही स्थानीयको क्षेत्रमा बाढी पसेको बुझिएको छ,’ पोखरेलले भने, ‘नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको क्याम्प पनि बगाएको कुरा आएको छ।’

Advertisement

हताहतीको शंका गरिए पनि अहिले विवरण प्राप्त नभएको सिडिओ पोखरेलले बताए ।