बझाङ : बझाङमा भरुवा बन्दुकसहित एक जना मृत फेला परेका छन्। जिल्लाको खप्तडछान्ना गाउँपालिका–४ खत्रीगाउँका अन्दाजी ३५ वर्षीय डम्बर बहादुर खत्री २४ गते जंगल गएको र उनको परिवारले खोजी गर्दा २५ गते मृत फेला परेको जनाएको छ।
उनी गडाला सामुदायिक वनमा भरुवा बन्दुकसहित मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। खत्रीको नजिकै भरुवा बन्दुक भेटिएको छ भने उनको बायाँ कञ्चटमा गोली लागेर टाउको छेडेको जनाइएको छ। खत्रीको जिल्ला अस्पताल बझाङमा पोष्टमार्टम पछि आफन्तले शव बुझेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताए।