April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

तीन दिनदेखि बेपत्ता पुरुष खोलामा मृत फेला

3.7K

अर्घाखाँची – तीन दिनदेखि बेपत्ता सन्धिखर्क नगरपालिका–१ हस्पिटल लाइनका ५५ वर्षीय लक्ष्मण न्यौपाने मृत फेला परेका छन्। उनको शव बाँगी खोलाको सोन्ठेमा फेला परेको प्रहरीले जनाएको छ।

न्यौपाने आइतबारर दिउँसो ४ बजे घरबाट निस्किएका थिए। घरबाट निस्किएर बेपत्ता भएका उनको खोजी गर्दा बाँगी खोलामा पानीमा डुबिरहेको अवस्थामा प्रहरीले शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनारायण गुप्ताले बताए।

Advertisement