April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

बाघको आक्रमणबाट बर्दियामा फेरि १ महिलाको ज्यान गयो

5K

बर्दिया : बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ। मधुवन नगरपालिका– ५ शान्तिपुरकी ६६ वर्षीय नन्दकला थापा क्षेत्रीको बाघको आक्रमणबाट ज्यान गएको हो।

उनलाई सोमबार दिउसो शान्तिपुरको ९ नम्बर गाउँ नजिकै राष्ट्रिय वन क्षेत्र अन्तरगत नेपाल भारत सीमा नजिकै सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दोर्ण शर्माले जानकारी दिए।

डिभिजन वन र प्रहरीको टोली घटनास्थल पुगेको र मृतक महिलाको शव प्रहरीले फेला पारिसकेको जनाइएको छ। दिउसै बाघको आक्रमणबाट महिलाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन्। 

Advertisement