पाँचथर- जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) पाँचथरको आज सम्पन्न बैठकले विगतको निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकले २०७८ साल जेष्ठ १७ गते राती १२:०० बजेबाट लागु हुने गरी २०७८ साल जेष्ठ २४ गते राति १२:०० बजे सम्म पाँचथर जिल्ला भरी सबै पसल व्यवसाय एवम् सवारी साधनहरु बन्द रहने निर्णय गरेको हो ।
अत्यावश्यक सेवा प्रदान गर्ने औषधि पसलहरु खुल्ला रहने त्यस बाहेक दुग्धजन्य, हरियो सागसब्जीजन्य र फलफूल पसलहरु दैनिक बिहान ५:०० बाट ८:०० सम्म मात्र सुचारु रहनेछ भने निर्माणका सबै कार्यहरू बन्द हुनेछन्, वित्तीय संस्थाहरू समेत बन्द रहनेछन् ।