March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

कोरोनाका कारण साहित्यकार राजेन्द्र सुवेदीको निधन

4.7K

काठमाडौं– वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना संक्रमणका कारण निधन भएको छ।

केही दिनअघि संक्रमित भई अस्पता भर्ना भएका सुवेदीको आज बिहान निधन भएको छ। ७६ वर्षीय सुवेदीको केही दिनयता सहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा उपचार हुँदै थियो।

pinup pin up pin up pinup

लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन्। सुवेदी गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक थिए।

Advertisement

सुवेदीको निधनले नेपाली साहित्य क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको र अपुरणीय क्षति भएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगत्प्रसाद उपाध्यायको भनाइ छ।