April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

शाओमीको ‘रेडमी नोट १० प्रो’ नेपाली बजारमा आइपुग्यो, मूल्य कति?

3.7K

काठमाडौं- शाओमीले नेपालमा ‘रेडमी नोट १० प्रो’ सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबारबाट नेपाली बजारमा उक्त मोबाइलको बिक्री सुरू गरेको हो।

रेडमी नोट १० प्रो बेस्ट-इन-क्लास फिचर्सहरूका साथ ल्याइएको कम्पनीले जनाएको छ। जसमा १०८ एमपी क्यामेरा, १२० हर्टज सुपर एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन टीएम ७३२ जी, इभोल डिजाइनका साथ उपलब्ध रहेको जानकारी दिँदै यसले ‘टेक इनोभेसन’को क्षेत्रमा नयाँ आयाम ल्याएको कम्पनीले दाबी गरेको छ।

‘देशमा पहिलो रेडमी नोटको सुरू भएदेखि नै नोट सिरिजले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको छ, जसमा हाम्रा उपकरणहरूमध्ये प्रिमिएम मूल्य क्षेत्रमा डी-फ्याक्टो विकल्पको रूपमा परिणत भएका छन्,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, ‘रेडमी नोट सिरिजको हाम्रो १०औं जेनेरेसनको प्रक्षेपणका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तैः क्यामरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक क्रान्तिकारी परिवर्तन ल्याएको छौं।’

Advertisement

रेडमी नोट १० प्रो भिन्टेज ब्रोन्ज, ग्लेसियल ब्लु र डार्क नाइटजस्ता रङमा उपलब्ध हुने छन्। रेडमी नोट १० प्रो अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरूमा वैशाख ३१ देखि ३३ हजार ९९९ रूपैयाँ मूल्यमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।