April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आज पनि घट्यो सुनको मूल्य

2.7K

काठमाडौँ– स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको थियो ।

Advertisement

यस्तै चाँदी आज प्रतितोला रु एक हजार १५० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको थियो । शुक्रबारका तुलनामा आज चाँदी प्रतितोला रु १५ ले घटेको हो ।