November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आजबाट कालिमाटी तरकारी बजार बन्द हुने

6K

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले मंगलबार एक सूचना जारी गर्दै कोभिड–१९ जोखिम न्यूनिकरणका लागि कृषक बजार आजबाट बन्द गर्ने जनाएको हो।

त्यस्तै २९ गतेदेखि लागू हुने गरि थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार बन्द हुने, वैशाख ३० गतेदेखि लागू हुने गरि खुद्रा बजार बन्द हुने सूचनामा जनाइएको छ। 

थोक बजारमा प्याकेजिङ गरेर मात्र बिक्री वितरण गर्ने गराउने, एकवटा थोक पसलमा अधिकतम २ जना मात्र बसी सामाजिक दूरी कायम गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र कारोबार गर्न समितिका कार्यकारी निर्देशक विनोद कुमार भट्टराईले सूचनामार्फत अुनरोध गरेका छन्।

Advertisement