November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कौडा खेल्दै गरेका १७ जना पक्राउ

4.1K

काठमाडौं –  नवलपरासीको मध्यविन्दु नगरपालिका-८ भागडा बस्ने तिलकराम योगी थारूको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय सुरेश महतो समेत १७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४८ हजार २ सय ७० रुपैयाँ, ५ सय भारतीय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Advertisement