धनगढी – नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसनिकट प्रेस युनियनले हार बेहोर्नु परेको छ।
सभापति देउवाको गृह जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको एमालेनिकट प्रेस चौतारीका हिक्मत सिंह महासंघको डडेल्धुरा शाखामा अध्यक्षमा विजयी भएका छन्।
युनियनका बरुण पनेरुलाई हराउँदै सिंह विजयी भएका हुन्। उपाध्यक्षमा गणेश रोका र निर्मला भट्ट सचिवमा पुष्कर भण्डारी, कोषाध्यक्षमा ललित बोहरा, सहसचिवमा भूपेन्द्र विष्ट र प्रकाश पार्की निर्वाचित भएका छन्।
यस्तै, सदस्यहरूमा क्रमशः टीकाराम साउद, हर्ष चन्द, आशिष मल्ल, भीम खत्री दीपक राज भट्ट, ममता भट्ट भक्त गाहामगर, विमल जैरु र भावना पौडेल विजयी भए।