November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अख्तियारका तत्कालीन आयुक्त पाठकलाई घुस दिने लम्बोदर न्यौपाने पक्राउ

3.6K

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिने लम्बोदर न्यौपाने पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले न्यौपानेलाई ललितपुरबाट पक्राउ गरेको हो। 

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणको जग्गाको सेयर आफ्नो नाममा पारेर ठगी गरेका न्यौपानेलाई पक्राउ गरिएको सिआइबीका प्रमुख डिआइजी सहकसल थापाले जानकारी दिए।

Advertisement

न्यौपाने उक्त कलेजमा दुई पटक कार्यकारी अध्यक्ष भएका व्यक्ति हुन्।