November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मेलम्चीको पानी दिउँसो दुई बजेपछि वितरण गरिने

3.6K

काठमाडौं : मेलम्चीको पानी दिउँसो दुई बजेपछि काठमाडौंबासीको धारामा आउने भएको छ। आइतबार दिउँसो दुई बजे पत्रकार सम्मेलन गरी पानी वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए।

उनले भने,‘आज दिउँसो दुई बजे चुच्चेपाटीको महाँकालमा पत्रकार सम्मेलन गर्दै छौँ। तपाईंहरूपनि आउनुस्। त्यसपछि पानी छोडिन्छ।’ उनले अहिले ट्यांकीमा पानी भर्ने काम भइरहेको जानकारी दिए।

उनका अनुसार आज दिउँसो मेलम्ची खानेपानी उपआयोजना–२, आयोजना निर्देशनालय र केयुकेयलले औपचारिक रूपमा सम्मेलन गरेर पानी वितरण गर्ने कार्यक्रम छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। आजबाट पाँच दिनसम्म दैनिक चार करोड लिटर पानी वितरण गरिनेछ।

Advertisement