January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

शे-फोक्सुण्डोमा जोडियो नि:शुल्क इन्टरनेट

6.9K

डोल्पा- शे-फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने शे-फोक्सुण्डो ताल क्षेत्रमा नि:शुल्क इन्टरनेट सेवा जडान गरिएको छ। निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्‍कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो।

सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसारप्रसार होस् भन्‍ने हेतुले तालनजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वर्ल्ड  लिङ्‍कले जानकारी दिएको छ।

mostbet

इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निःशुल्क ५०० एमबी प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए। निःशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो ताल घुम्‍न आउने पर्यटकका लागि सञ्‍चार सम्पर्कमा रहन सहज हुनाका साथै पर्यटकले मनोरञ्‍जन लिनसक्ने क्षेत्रीको भनाइ छ।

Advertisement