November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

काठमाडौं-३० का वडा सचिव ४ लाख घुससहित पक्राउ

3.1K

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका–३० का सचिवलाई चार लाख घुस रकमसहित पक्राउ गरेको छ।

आयोगको स्टिङ अपरेशन टिमले ज्ञानेश्वरस्थित वडा कार्यालयबाट वडा सचिव भरतकुमार पोखरेललाई घुस रकमसहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

पोखरेलले योजनाको निर्माण सम्पन्न पश्चात रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेका अख्तियारले जनाएको छ। 

Advertisement