November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

दुर्घटना प्रमाणित गरिदिन प्रहरी अधिकृतले नै १० हजार घुस मागेपछि

5.4K

सल्यान : सल्यानका एक प्रहरी अधिकृतले दुर्घटना प्रमाणित गरिदिने भनी १० हजार मागेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ।

इलाका प्रहरी कार्यालय लुहामका प्रमुख  प्रहरी निरीक्षक (इन्सपेक्टर) श्याम कुमार यादवले फागुन २ गते कपुरकोट गाउँपालिका–३ तल्लो बजारमा भएको बस दुर्घटना प्रमाणित गरिदिन आफूबाट १० हजार मागेको भन्दै तुलसीपुर उपमहानगरपालिका दाङका महेन्द्र महराले जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएका छन्।

प्रहरी प्रमुख यादवले १० हजार दिए मात्र प्रमाणित गरिदिने अन्यथा नहुने बताएको उजुरीमा उल्लेख गरिएको छ। उजुरीपश्चात उनिमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोविन्द थापाले बताए।

Advertisement

निवेदकले दिएको उजुरीका आधारमा निज प्रहरीलाई छानबिन गरिरहेका छौं। ‘यदि उजुरीअनुसार यादव दोषी ठहरिए कारबाहीको दायरामा ल्याउँछौ,’ उनले भने।