सिराहा – सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । आइतबार दिउँसो भएको पे्रसर कुकर बम विष्फोटमा परी आधा दर्जन मानिस घाइते भएका छन् ।
उक्त विस्फोटमा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । उनका अनुसार आधा दर्जन घाइते भएको भनिएपनि घाइते भएकाको संख्या अझै यकिन भइसकेको छैन ।
विष्फोटपछि भएको आगलागीका कारण कार्यालयका कागजात जलेका छन् । आगो निभाउन लहान नगरपालिकाका वारुण यन्त्र घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।