April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

फोरजीका उपभोक्ताको संख्या ६३ लाख

5K

काठमाडौं- फोरजी मोबाइल ब्रोडब्यान्ड सेवा प्रयोग गर्ने उपभोक्ताको संख्या ६३ लाख पुगेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो पटक सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआइएस) रिपोर्टअनुसार यस वर्ष कात्तिकसम्ममा फोरजीका उपभोक्ताको संख्या संख्या ६३ लाख ३२ हजार १९४ जना छ।

फोरजीका कुल उपभोक्तामध्ये सबैभन्दा बढी एनसलेका उपभोक्ता छन्। एनसेलका मात्र ६५ प्रतिशत एनसेलका उपभोक्ता भएको समेत उक्न रिपोर्टमा उल्लेख छ। 

अहिले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले फोरजी सेवा दिँदै आएका छन्। फोरजी सेवाको पहुँच २१.१९ प्रतिशत नेपालीसम्म पुगेको छ। 

Advertisement