November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अपेक्षाभन्दा अत्यधिक अनुरोध प्राप्त भएपछि राेकियाे ट्विटर एकाउन्ट भेरिफिकेसन कार्यक्रम

2.3K

काठमाडाैं- माइक्रो ब्लगिङ साइट ट्विटरले पुन: एकाउन्ट भेरिफिकेसन प्रक्रिया बन्द गरेकाे छ। एकाउन्ट भेरिफिकेसन कार्य एक हप्ता नपुग्नै  ट्विटरले उक्त कार्य बन्द गरेको हाे।

ट्विटरले सन् २०१७ देखि भेरिफिकेसन प्रक्रिया तथा आवेदन मूल्यांकन राेकेकाे छ। तर, यसै हप्ता चार वर्षपछि पुन: एकाउन्ट भेरिफिकेसन प्रक्रिया सुरु गरेकाे जानकारी दिएकाे थियाे।

तर, भेरिफिकेसनका लागि अपेक्षाभन्दा अत्यधिक अनुरोध प्राप्त भएसँगै तत्कालका लागि कार्यक्रम रोकिएको ट्विटरले जनाएको छ।

Advertisement

अहिले सीमित विधाका प्रयोगकर्ताहरुलाई मात्रै ट्विटरले भेरिफिकेसनको सुविधा दिएको छ। यसअघिको नीतिलाई फेर्दै ट्विटरले गत डिसेम्बरमा मात्रै भेरिफिकेसन सम्बन्धि नयाँ नीति ल्याएको थियो।

यही नीतिअनुसार केही हप्ताभित्र एकाउन्ट सेटिङमा भेरिफिकेसन आवेदनको ट्याब देखिने ट्विटरले जनाएको थियाे। भेरिफिकेसन गर्न  ६ वटा विभिन्न विधाका प्रयोगकर्ता हुनु जरुरी हुन्छ।