April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आज राती नेपाली आकाशमा उल्का वर्षाको दृश्य देखिने

4K

काठमाडौं – मौसमले साथ दिएमा आज राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने भएको छ। 

वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। 
आज राति ११ बजेदेखि भोली बिहान सूर्योदयसम्मको समयमा यो वर्षा उच्च देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए। 

अत्यधिक सक्रियताका समयमा प्रतिघण्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिने सोसाइटीले जनाएको छ। ‘थ्याचर’ नामक पुच्छ्रे«ताराले छाडेका धुलोका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ। ‘थ्याचर’ पुच्छ«्रेताराले सूर्यको एक परिक्रमा गर्न ४ सय १५ वर्ष लगाउँछ। 

Advertisement

पुच्छ्रे तारा वा धुमकेतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलोका कण छाड्ने गर्छन्। जुन लाखौँलाख किलोमिटरसम्म फैलन सक्छ। यसरी फैलिएका धुलोका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ।  परिक्रमा गर्ने क्रममा जब यी धुलोका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ।

यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ।