April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

वामदेव गौतमको मुद्दामा सुनुवाइ हुँदै

२०७७ कार्तिक २६

2.9K

काठमाडौं–सवैधानिक इजलाशमा हेर्दाहेर्दै रहेको नेकपा नेता वामदेव गौतमको मुद्दा बुधबार पेशी तोकिएको छ। असोज १६ देखि हेर्दाहेर्दै रहेको मुद्दा करिब एक महिनापछि पेशी तोकिएको हो। 


संवैधानिक इजलाशले गौतमको मुद्दा हेर्न तिहारको बिदा हुने मुखैमा पेशी तोकेको हो । गौतमका तर्फबाट केही अधिवक्ता र निवेदकहरुले जवाफ दिन बाँकी रहेको छ। उनीहरुको जवाफपछि संवैधानिक इजलाशले आफ्नो निर्णय सुनाउने छ।  

बर्दियाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि राष्ट्रिय सभा सदस्य भएका गौतमविरुद्ध दायर भएको रिटमा  निवेदक , सरकारी वकिल र उनका केही कानुन व्यवसायीले बहस गरेपछि हेर्दाहेर्दै रहेको थियो। 

Advertisement

असोज २१ गते बुधबारका लागि हेर्दाहेर्दै रहेको मुद्दा सर्वोच्चका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको थियो।  उक्त दिन सुनुवाइ हुन नसकेपछि असोज २८ गतेका लागि पेशी तोकिएको थियो।   

हरेक बुधबार र शुक्रवार बस्दै आएको संवैधानिक इजलाश कोरोनाका कारण प्रभावित भएको थियो। कात्तिक १ गतेदेखि घटस्थापना सुरु भएपछि मुद्दाको सुनुवाइ लम्बिएको थियो।

बुधबार कुनै पनि अवस्थामा मुद्दाको सुनुवाइ सक्ने तयारीमा सर्वोच्च रहेको छ। 

गौतमको हकमा अन्य कुरा केही नभए पनि मन्त्रिपरिषद विस्तार भएमा भने सर्वोच्चको आदेशले समस्या पारेको छ।  सरकारले पटक–पटक मन्त्रिपरिषद् पुनर्गठन गर्ने भने पनि सकेको छैन।  वुधवार सुनुवाइमा आफ्ना पक्षका कानुन व्यवसायीको बहस छोट्याउदै सुनुवाई सक्नुपर्ने पक्षमा गौतमका कानुन व्यवसायी छन्। 

गौतमको मुद्दा सर्वोच्चमा विचाराधीन भएकाले उनलाई र सचिवालयका अर्का सदस्य नारायणकाजी श्रेष्ठलाई पनि मन्त्री बनाउन नसक्ने नैतिक संकट प्रधानमन्त्रीसँग रहेको थियो। सर्वोच्चको आज हुने आदेशपछि यो कुरा निर्णयमा पुग्ने छ।