March 28, 2025, Friday
२०८१ चैत्र १५
11:56:12 am

प्राधिकरणबाट कुलमान हटाएकोमा सरकारले पश्चात्ताप गर्नुपर्नेछ : जनार्दन शर्मा

490

काठमाडौं । माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकारले सरकारले कुलमानलाई हटाएर ठुलो गल्ती गरेको टिप्पणी गरेका छन् । मंगलबार बसको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै नेता शर्माले भोली पश्चात्ताप गर्नुपर्ने बताएका हुन् ।

नेता भने, ‘विद्युत् प्राधिकरणको एमडीलाई सरकारले हिजो हटाएछ । हटाएपछि केके आरोप लगायो होला भनेर हेरेको । उसले (कुलमान) ले काम गर्न नसकेको भन्ने आरोप रहेछ ।’

उनले सरकारको आरोप कसैले पनि नपत्याउने बताए । ‘यो आरोप कसैले पत्याउँदैन मन्त्रीज्यू ! यस्तो वाहियात तर्क गरेर काम गर्ने मान्छेलाई हटाउनु दुखद हो । यो निर्णय सरकारले सच्याओस् आग्रह छ’, निर्णय सच्याउन आग्रह गर्दै शर्माले भने, ‘मैले बजारबाट त्यति वेला योग्यतममध्येबाट कुलमानलाई नियुक्त गरेको थिएँ, परिणामले त्यो पुष्टि पनि भयो । त्यसैले सरकारले ठुलो गल्ती गर्‍यो भोली पश्चात्ताप हुनेछ ।’

Advertisement

सरकारले कुलमान घिसिङलाई बर्खास्त गरेसँगै त्यसविरुद्ध बिरोध प्रदर्शन भइरहेको छ ।