March 15, 2025, Saturday
२०८१ चैत्र ३
1:37:26 pm

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

640

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । आइतबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको हो ।

सत्तारुढ दल कांग्रेस एमालेका नेता रहेको संयन्त्रमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् । 

त्यस्तै संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिजाल रहेका छन् ।

Advertisement

संयन्त्रले सरकार सञ्चालनमा सुझाव दिँदै आएको बताइएको छ ।