उच्च रक्तचापले टाउकोमा हानेपछि कृष्ण भाट अहिले काठमाडौ बाँसबारीस्थित न्युरो अस्पतालमा आफ्नो जीवनको भिख मागिरहेका छन् ।
कैलाली जिल्ला जानकी गाउँपालिका वडा नम्बर ८ पहाडिपुरका ३३ वर्षीय कृष्ण भाटलाई चैत्र १३ गते घरमा बसिरहेको समयमा एक्कासी ढलेर बेहोस भएपछि उपचारका लागि घरपरिवारले तत्कालै नेपालगञ्ज मेडिकलकलेज कोहलपुरमा पुर्याएका थिए । कोहलपुर मेडिकल कलेजले उपचार सम्भावना कम देखेर रिफर गरेपछि उनका घरपरिवारले न्युरो अस्पतालमा उपचार गराइरहेका छन् ।
आर्थिक अवस्था निकै कमजोर रहेका कृष्ण भाटको उपचारमा आर्थिक निकै समस्या हुँदै गएपछि उनकी बहिनी कल्पना भट्टले सहयोग गरी आफ्नो दाजुको जीवन बचाइ दिनका लागि देश विदेशमा रहेका सहयोगी मन र हात भएकालाई आग्रह गरेकी छन्।
देशमा रोजगारी नपाएपछि भारतका विभिन्न सहरमा मजदुरी गरी कमाएको पैसाले बुवाआमा, श्रीमती र पाँचजना छोराछोरीको पालनपोषण शिक्षा र उपचारमा नै ठिक्क हुने भएपछि अहिले उनको उपचारमा आर्थिक अभावका कारण निकै कठिनाइ भएको बहिनी कल्पनाले बताइन्।
उनले भनिन्, ‘घरको कमाउने मुख्य व्यक्तिको यस्तो अवस्था भएपछि दैनिक घरबारी चलाउने समस्या त छदैछ, त्यसमा पनि दाजुको उपचार कहाँबाट कसरी गर्ने भनेर भौताएका छौं।’
अहिले कृष्णकी बहिनी कल्पना काठमाडौमा आफूले चिनेका आफन्त साथीहरूसँग आफ्नो दाजुको जीवन बचाइ दिन आग्रह गरिरहेकी छिन्। उनले ९८६८४८६६२४ मा फोन गरेर साथै एनआइसी एसियामा रहेको खाता नं.ब account name : Kalpana Bhat
account : 3957041898952401
nic asia bank kirtipur branch मार्फत सहयोग गर्न अनुरोधसमेत गरेकी छिन्।