April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

“यशकुमार बालुवामा फुलेको फूल”- मन्त्री किराती

1.6K

काठमाडौं । यशकुमारको सांगीतिक चलचित्र ‘तिमी छौ र त’ सार्वजनिक भएको छ । भिडियो मंगलबार दरबारमर्गस्थित राइजिङ मलमा एक कार्यक्रमबीच सार्वजनिक हुन लागेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रायोजन रहेको यस भिडियो मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।

ताप्लेजुङको पाथिभरा (मुकुमलुङ) लगायत विभिन्न मुन्धुमी तथा पर्यटकीय स्थलहरूमा छायांकन गरिएको यस भिडियोमा आर्यन युवक र लिम्बु युवतीको प्रेम देखाएको छ । ‘आन्तरिक पर्यटन प्रवर्द्धन तथा सांस्कृतिको संरक्षण र सामाजिक सद्भावलाई कायम गर्न ताप्लेजुङको मुकुम्लुङ (पाथीभरा), फक्ताङ्लुङ (कुम्भकर्ण) लगायत पूर्वका विभिन्न ऐतिहासिक, मुन्धुमी तथा पर्यटकीय स्थलको दृश्यलाई भिडियोमा प्रस्तुत गरेको हुँ,’ यशकुमारले नेपाल मामिलासँग भने ।

Advertisement

https://www.youtube.com/watch?v=N0azSFJt6KE

भिडियो बारे बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भने, ‘यो गीत हेरेपछि मलाई असहज पनि भयो । किनकि यो गीतले हाम्रो एउटा समाजको कथालाई देखाएको छ । यो भिडियो हेरेपछि समाजले केही सिक्छ भन्ने लागेको छ’, उनले थपे, ‘यसलाई मनोरञ्जनको रुपमा मात्र लिनुहुँदैन । यसले समाज सुधार्न भूमिका निर्वाह गर्नुका साथै कुल गार्हस्थ उत्पादनमा समेत टेवा दिन्छ ।’

उनले यशकुमार ‘बालुवामा फुलेको फूल’को संज्ञा दिए । यसकुमार र बागमती किनारको बिगतलाई स्मरण गर्दै मन्त्री किरातीले भने, ‘मैले सुने अनुसार यसकुमार बालुवा चालेर फूलेको फूल हुन् । म उनलाई बालुवामा फकृएको फूल भन्न रुचाउछु ।’ उनले यशकुमार मुटुमाथी ज्वालामुखिको लाभा बोकेको मान्छे भएको पनि बताए ।

यस भिडियोमा गीतका यशकुमार र अनु थापाको मुख्य भूमिका रहेको छ । साथमा प्रेम सुब्बा, राजेश घतानीको पनि अभिनय रहेको छ । भिडियोको निर्देशन बिज्ञान राईले गरेका हुन् भने ड्रोनमा कमन प्रसाईं र श्रीङ्गार पूनम चौधरीको रहेको छ ।

यशकुमारकै शब्द, संगीत तथा स्वर रहेको यस भिडियो ‘यशकुमार युट्युब च्यानल’बाट सार्वजनिक गरिएको हो ।