October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

चाडवाडमा सामानको भाउ महँगिएसँगै उपभोक्ताहरू भारतीय बजारतर्फ आकर्षित

गंगा खापुङ लिम्बु
२०८० आश्विन २६

2.5K

सुनौलीका व्यापारीले पनि ठग्ने गर्छन् नेपाली ग्राहकलाई

बुटवल तथा भैरहवाबासीहरूको लागि चाडबाड आउनै लाग्दा किनमेल गर्न जाने बजार भनेकै नेपाल–भारत बोर्डरमा रहेको सुनौली बजार हो । नेपाली बजारमा भन्दा सस्तो मूल्यमा सामान पाईने भएपछि सिमावर्ती भारतीय बजार सुनौलीमा नेपालीहरू किनमेल गर्न जाने गर्दछन् । नेपालको बुटवल र भैरहवा बजारमा सामानको भाउ महंगो भएपछि उपभोक्ताहरू किनमेलका लागि भारतीय बजारतर्फ आकर्षित भएका हुन् ।

नेपाली ग्राहकहरू अत्याधिक मात्रामा गएपछि भारतको सुनौली बजार भीडभाडमय बन्ने गर्छ, तर नेपालतर्फको भैरहवा बजार भने दशैंको बेलामा पनि सुनसान देखिन्छ । सुनौलीबाट किरानाका सामान र कुर्ता सारीहरू ल्याएर बुटवलका किराना पसल र फेन्सीहरूमा बेचेर गुजारा टार्नेहरूको संख्या पनि धेरै नै छ ।

नेपालतर्फको बजारमा चाडबाडका बेला अत्याधिक कालाबजारी र मिसावट हुने हुँदा भारतीय बजारतर्फ किनमेल गर्न उपयुक्त देखिएको ग्राहकहरूले बताउने गरेका छन् ।

Advertisement

सुनौली मात्र नभई ८ किलोमिटर टाढाको नौतनवा बजारसम्म नेपाली उपभोक्ताहरू सामान खरिदका लागि पुग्ने गरेका छन् । चिनी आयातमा रोक लगाएसँगै नेपालतर्फ भाउ बढेका कारण पनि नेपालीहरू भारतीय बजारमा किनमेलका लागि जाने गरेका छन् । चिनी सस्तो भएपनि सुनौलीका व्यापारीले पनि अन्य सामानमा नेपाली ग्राहकलाई ठग्ने गरेको गुनासो भने बढिरहेको छ ।

सुनौलीबाट सामान खरिद गर्नेहरूको संख्या बढेसँगै बुटवल, भैरहवाका बजारहरू सुक्दै जान थालेको गुनासो आएपछि केही समययता सरकारले सयभन्दा माथिको सामान खरिद गरेमा भन्सार काट्ने सूचना जारी गरेको थियो । सूचना प्रकाशित भएपछि केही समयसम्म सुनौली बजार ठप्प जस्तै भयो । बजार ठप्पा भएपछि व्यापारीहरूले आन्दोलनसमेत गरेका थिए । धेरैजसो नेपाली व्यापारीहरूले अवैद्यबाटो हुँदै सामान ओसारपसार गरेको पनि देखियो भने ठूलाठूला व्यापारीहरूले प्रहरीकै मिलेमतोमा खुलेआम सामान ओसारपसार गरेको पाइएको जानकारहरु बताउछन् । केही दिनअघि प्रहरीको गाडीमा भारतबाट खाद्यान्न तथा अन्य सामानहरू नेपाल ल्याउदै गरेको भिडियो एकजना पत्रकारले सामाजिक सञ्जालमा हालेका थिए । ती पत्रकारले गाडी रोकेर लाइभ प्रसारण गरेता पनि प्रहरीको गाडी हुनाले कारबाही कसले गर्ने ? कमेन्टमा गाली गर्नु बाहेक केही भएन ।

वास्तवमा सुनौलीबाट सामान खरिद रोक्न सरकारले भन्सारमा कडाई गर्नु नेपाली बजार बिस्तार बढाउनु हो । तर यसले गर्दा झन् बजार खस्किदै गईरहेको छ । सरकारी गाडी दुरूपयोग गरेर सुनौलीबाट सामान ओसारपसार हुन्छ । उनीहरूलाई भन्सार लाग्दैन, तर सुनौलीबाट सामान ल्याएर नेपालमा बेचेर गुजारा गर्ने गरिबहरूको लागि धेरै मुस्किल पर्न गईरहेको छ ।
दशै नजिकिँदै गएपछि उपभोक्ताहरू सुनौलीमा भिडभाड हुन थालेपछि नाकामा कडाई हुन थालेको छ । तीनसय पर्ने कपडाको १ सय ५० रूपैया भन्सार तिरेको एकजना उपभोक्ताले बताईन् । उनको भनाइअनुसार नाकाका कर्मचारीहरूले चिनजानकाहरूलाई नरोक्ने र अन्यलाई रोकी सामान खोतलेर भन्सार तिराएको पाइएको छ ।

नेपाली बजारमा सस्तो मूल्यमा सेल लगाएपनि त्यो सामानहरू पुरानो र काम नलाग्ने हुन्छन् । सरकारले जस्तो नीति नियम तथा प्रक्रिया अपनाए पनि गरीबको लागि ज्यादै तनावपूर्ण नै हुनेछ ।

नाकाका कर्मचारीकै मिलेमतोमा दिनहुँ सामानहरू ओसारपसार भईरहेका छन् भने सानासाना तथा घरायसी सामान किन्न जाने उपभोक्ताहरूबाट भन्सार उठाएर सरकारले अन्याय गरिरहेका छन् । एक उपभोक्ताले भने, ‘साँच्चै कडाई गर्ने हो भने पुरै ठप्प गर्नुपर्याे होईन भने रू. तीनसय पर्ने सामानको १सय ५० रूपैया भन्सार लिन बन्द गर्नुपर्याे । जहाँ पनि चिनजान भएकालाई केही नगनर्,े तर गरिब निमुखाहरू कारबाहिमा पर्ने संस्कारले गर्दा जति कडाई भएतापनि केही सुधार हुनेवाला छैन ।’