काठमाडौं । नेपालमा आयोजित ‘जिनियस म्युजिक अवार्ड २०७९’ को फाइनलमा अस्ट्रियामा बनेको ”नेपाली हामी गोर्खाली” बोलको राष्ट्रिय भावको गीतले सर्बोत्कृष्ट अवार्ड प्राप्त गरेको छ। राष्ट्रिय भावको गीतहरुको फाइनलमा मनोनयनमा परेका अन्य गीतहरु ‘हाम्रो देशको सीमाना’ , ‘स्वर्ग जस्तो मेरो देश’, ‘ए बा भन्देउ न’, ‘तिम्ले टेक्ने माटो’ बोलका गीतहरुमध्ये ‘नेपाली हामी गोर्खाली’ले सर्बोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको हो ।
अस्ट्रियामा बनेको ‘नेपाली हामी गोर्खाली’ गीतका रचनाकार शुभद्रा भण्डारी थापा हुन् भने संगीत शेखर लामाको रहेको छ। यो गीतमा स्वर शेखर लामा, मनि थेबे, सुजाता सिन्चुरी, निपोन लामाको रहेको छ भने छायांकन महेन लिम्बूले गरेका हुन्।
‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवर्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रवर्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रा.लि.ले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको सुअवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ २०७९ यही भाद्र २५ गते राष्ट्रिय नाँचघर जमल ,काठमाडौंमा सम्पन्न गरेको थियो ।
अवार्डमा राष्ट्रिय भावले ओतप्रोत, पप गीत, लोक तथा दोहोरी, गजल,आधुनिक विधाका स्रष्टा र सिर्जना समावेश गरिएको थियो ।
अवार्ड प्राप्त गर्ने कलाकर्मीहरुको नामावाली:-
सर्बोत्कृष्ट राष्ट्रिय भावको गीत – ‘नेपाली हामी गोर्खाली‘
स्वर – शेखर लामा , मनि थेबे , सुजाता सिन्चुरी, निपोन लामा
गीतकार – शुभद्रा भण्डारी
संगीतकार – शेखर लामा
छायांकन – महेन लिम्बू
राकेश ओली (गायक)– मेरो देश जस्तो
सर्बोत्कृष्ट गीतकार (पप )
राजेश अर्याल – ‘मेरो माया’
सर्बोत्कृष्ट गीतकार (आधुनिक )
सचिता कर्माचार्य – साथले तिम्रो
प्रतिमा शिवाकोटी–सांचो माया ( जुरी )
सर्बोत्कृष्ट संगीतकार (लोक तथा आधुनिक )
निर प्रसाद गुरुङ – ‘तिम्रो खुशी देख्न पाँउ’
सर्बोत्कृष्ट संगीतकार (पप तथा आधुनिक)
राजेन्द्र बजगाई – फर्केर हेरन
ढुन्डिराज ढकाल – माया लाग्छ कती ( जुरी )
सर्बोत्कृष्ट संगीत संयोजक– पप
नरेन्द्र वियोगी – ‘लै लै राजकुमारी’
सर्बोत्कृष्ट नव गायक/गायिका (पप तथा आधुनिक)
निमा शेर्पा – रेशमैको डोरी
उषा गजुरेल– श्वास
.सर्बोत्कृष्ट गायन (पप तथा आधुनिक)
चेतन राई – तिमी धुन बन
भरत समारी – ‘माया पनि गरियो’ –जुरी (¥याप )
सर्बोत्कृष्ट गायन (लोकपप )
सुनिल थापा मगर – ‘निर हो’
टिका बंजन – ]ठ्याक्क ठ्याक्क]( जुरी )
सर्बोत्कृष्ट गायक(पप)
मानस राज – ‘लै लै राजकुमारी’
सर्बोत्कृष्ट गायिका (पप)
बेनिशा पौडेल – ‘यो नजरमा नजर’
सर्बोत्कृष्ट नव मोडल (पप तथा आधुनिक)
रेश्मा श्रेष्ठ – ‘जिन्दगीका गोरेटोहरू’
सर्बोत्कृष्ट मोडल (पप तथा आधुनिक)
अमन श्रेष्ठ – ‘पर्खी बसे म’
रोशन श्रेष्ठ – ‘लाहुरे सिपाही दाई’ ( जुरी )
सर्बोत्कृष्ट निर्देशक (पप तथा आधुनिक )
सुवास प्रधान – ‘नजाउँ टाढा’ (पप)
गणेश शाही – ‘अमेरिका’ (आधुनिक)
सर्बोत्कृष्ट गीतकार
गोबिन्द कडेल आँसु – ‘ए माया जुनकीरी’
बाबुराम श्रेष्ठ – ‘उपमा के दिउँ’ (जुरी )
सर्बोत्कृष्ट गायन (आधुनिक)
अभिनय यादव – ‘मायाको शुरुवात – २’
सर्बोत्कृष्ट संगीतकार
राजनराज शिवाकोटी– ‘ताँती’
सर्बोत्कृष्ट संगीत संयोजक
कुशल सिंह – ‘फुलथुङ्गे रानी’
साहास शाक्य – ‘किन हुँदैन’ ( जुरी )
सर्बोत्कृष्ट गायक
स्वरुपराज आचार्य – ‘अधुरो सपना’
सर्बोत्कृष्ट गायिका
इन्दिरा जोशी – ‘खुल्ला आकाश’
सर्बोत्कृष्ट युगल गायन
कालिप्रसाद बासकोटा/सदिक्षा कट्टेल – ‘माया रैछ र’
सर्बोत्कृष्ट नव मोडल
सनिशा भट्टराई – ‘ए होर माया’
सर्बोत्कृष्ट मोडल पुरुष
आकाश श्रेष्ठ – ‘धर्ती आकास’
सर्बोत्कृष्ट मोडल महिला
गरिमा शर्मा – ‘तिम्रै निम्ती हो’
सर्बोत्कृष्ट छायाँकार
अर्जुन तिवारी – ‘तिमीलाई हेर्र्नेे बानी पर्यो’
सर्बोत्कृष्ट भिडियो सम्पादक
डिनसन शाह – ‘तिम्रै झल्को’
सर्बोत्कृष्ट निर्देशक
सरोज अधिकारी – ‘लै लै राजकुमारी’
सर्बोत्कृष्ट ध्वनी मिश्रण
प्रदीप जोशी – ‘निदाउन देउ मलाई’
सर्बोत्कृष्ट शब्द (लोक तथा दोहोरी)
नेत्र अर्याल – ‘माझी दाई’
सर्बोत्कृष्ट लय (लोक तथा दोहोरी)
खेम सेन्चुरी – ‘माझी दाई’
सर्बोत्कृष्ट संगीत संयोजक (लोक तथा दोहोरी)
रामकृष्ण थापा – ‘बर्दिबास सिन्धुली’
नारायण दङ्गाल – ‘पिरको भारी’ (जुरी )
सर्बोत्कृष्ट गायक(लाईभ दोहोरी)
यमन खनाल – ‘तारा जुनाले’
सर्बोत्कृष्ट गायक (लोक तथा दोहोरी)
प्रकाश दुतराज – ‘देउरालीमा’
सर्बोत्कृष्ट गायिका (लोक तथा दोहोरी)
शान्तिश्री परियार – ‘सोल्टी बजारमा’
सर्बोत्कृष्ट नव मोडल (लोक तथा दोहोरी)
रिना गुरुङ – ‘दुःख ट¥र्या छैन’
सर्बोत्कृष्ट मोडल पुरुष (लोक तथा दोहोरी)
प्रकाश सपुत – ‘काहाँको साइनो’
सर्बोत्कृष्ट मोडल महिला (लोक तथा दोहोरी)
केकी अधिकारी – ‘बसाई सरेर’
सर्बोत्कृष्ट भिडियो सम्पादक (लोक तथा दोहोरी)
रोशन धिताल – ‘दुर्गा’
सर्बोत्कृष्ट निर्देशक ( लोक तथा दोहोरी)
मिलन श्रेष्ठ – ‘धादिङ जिल्ला’
निशान बांनिया – ‘त्रिशुलीको तिरैमा’ (जुरी )
सर्बोत्कृष्ट निर्देशक भाषाभाषी
विजय शाह (अजय) – ‘तोहरे से विवाह’ (भाषाभाषी)
सर्बोत्कृष्ट गायक/गायिका (लोक गीत)
चेत बुढाथोकी – ‘बाजा घन्काँउ’
सीता के.सी. – ‘वरको शितल छाँया’
सर्बोत्कृष्ट नव गायक/गायिका( कांठे लोक तथा दोहोरी)
शंकर घिमिरे – ‘कालीको जोबन’
सबनम आचार्य – ‘गलबन्धी पछ्यौरी’
सर्बोत्कृष्ट गायक( कांठे लोक तथा दोहोरी)
सरोज ढकाल – ‘रुमाल खल्तीमा’
सर्बोत्कृष्ट गायक / गायिका ( तामाङ सेलो )
राम गोम्जा – ‘गत्ते च्याजी’
रमला पाख्रिन तामाङ – ‘साइकोले’
सुबास तामाङ – ]छेवार] ( जुरी )
सर्बोत्कृष्ट गजल गायन
मनमोहन थपलिया – ‘माया गर्छु भन्नेहरू’
सर्बोत्कृष्ट नव प्रतिभा (बालकलाकार)
जेनिश उप्रेति – ‘बाटो’
पब्लिक च्वाईस
दर्शन सलाम